डिपीएलकाे तालिका हेरफेर हुने, पारसले नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले धनगढी प्रिमियर लिग क्रिकेट नखेल्ने भएका छन् ।

माघ १९ गतेबाट हुने प्रतियोगितामा पारसले ब्यक्तिगत कारण देखाउदै डिपीएल नखेल्ने बताएका छन् । डिपीएलको बेला काठमाडौंमा नै हुने भएपनि प्रतियोगितामा सहभागिता नहुँने बताए ।

यसअघिका दुई संस्करणमा पारसले धनगढी टिम चौराहा र विराटनगरको कप्तानी गरेका थिए । जसमा पहिलो संस्करणको उपाधि उनले चौराहालाई दिलाएका थिए ।

यता नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय सिरिजका लागि युएई जाने भएपछि रुस्लान धनगढी प्रिमियर लिग डीपीएल प्रभावित हुने भएको छ ।

जनवरीको अन्तिम साता नेपाली टिम युएईसँगको सिरिजका लागि जानेछ । त्यहि विचमा डीपीएल पनि पर्ने भएकाले आयोजकले प्रतियोगिताको मिति एक सातालाई सार्ने तयारी गरेका हुन् । तर युएइसँगको पुरा विवरण आएपछि मात्र प्रतियोगिताको मिति एकिन हुने स्रोतले बताएको छ ।

साथै पुस १२ गतेका लागि तय भएको खेलाडीको अक्सनपनि एक साता पर सार्ने तयारी गरिएको छ । आयोजकले पुस १२ गतेलाई खेलाडीको अक्सन राखेका थिए । तर युएइसँगको प्रतियोगिताका कारण यसको तालिका पनि हेरफेर हुने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest