अष्ट्रेलियामा हुने क्रिकेट महाेत्सवका लागि पारस र दिपेन्द्र जाँदै

नेपाली क्रिकेट विकास र विस्तारकालागि राष्ट्रिय टिमका कप्तान पारस खड्कासंगै दिपेन्द्रसिंह ऐरी र यु १९ टिमका पूर्व खेलाडी सुभाष प्रधान पनि १५ दिने भ्रमणका लागि अष्ट्रेलिया प्रस्थान गरेको छ ।

अष्ट्रेलियाका विभिन्न चार शहरमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले अन्तरक्रिया कार्यक्रम सहित विभिन्न गतिविधि गरिने कार्यक्रम छ । सोहि कार्यक्रममा भागलिन खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन । कार्यक्रम अष्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिसबेन र एडिलेडमा हुने छन् ।

एक्सपर्ट क्रिकेट फेस्टिवल नाम दिइएको यो कार्यक्रमले आगामी दिनमा नेपाली खेलाडीलाई एस्पोन्सर र प्रशिक्षणका लागि समेत बाटो खुल्ने कप्तान पारस खड्काले बताए । यो फेस्टिबल प्रोग्राममा अष्ट्रेलियन क्रिकेटरहरुलाई पनि नेपाली फ्रेनचाइज प्रतियोगितामा सहभागिताका लागि समेत आग्रहगर्ने कुरा आयोजकले जानकारी गराए ।

उक्त कार्यक्रम ३० डिसेम्बरमा मेलबर्न, ५ र ६ जनवरीमा सिड्नी, जनवरी १० मा ब्रसबेन र १२ तारिखमा एडिलेडमा आयोजना गरिने छ । जहाँ २० ओभरको तीन वटा क्रिकेट खेलमा सहभागिता जनाउनेछन

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest