बीसीसीआइले धोनीलाई टी-२० सिरीजका लागि बाेलायाे

भारतीय क्रिकेट बोर्ड बीसीसीआइले अष्ट्रेलिया विरुद्धको एक दिवसिय र न्यूजिल्याण्ड विरुद्धको टी–२० सिरीजका लागि महेन्द्रसिंह धोनीलाई टिममा राखेको छ ।

पछिल्लो पटक टी–२० क्रिकेटबाट बाहिरीसकेका धोनीलाई फेरी बीसीसीआइले टिममा बोलाएको छ ।

विराट कोहलीको कप्तानीमा रहेको टिममा रोहित शर्मा, शिखर धवन, रिसव पन्त, दिनेश कार्तीक, केदार जादव, महेन्द्रसिंह धोनी, हार्दिक पाण्डे, क्रुनाल पाण्डे, कुलदिप यादव, युज्भेन्द्र चाहल, भुवनेश्वर कुमार, जसप्रित बुर्माह र खलिल हमद रहेका छन ।

हाल अष्ट्रेलिया विरुद्ध टेष्ट क्रिकेट सिरीज खेलिरहेको भारतले त्यसपछि एक दिवसिय खेल्नेछ । त्यसको लगत्तै न्युजिल्याण्ड विरुद्ध टी–२० सिरीज खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest