धनगढी प्रिमियर लिगकाे नयाँ मिती माघ २६ गते

धनगढी प्रिमियर लिग क्रिकेटको नयाँ मिती सार्वजनिक भएको छ । माघ १९ गतेबाट हुने भनिएको डिपीएल अब माघ २६ गतेबाट हुने भएको छ ।

यसअघि डिपीएलका आयोजकले प्रतियोगिताको मिती माघ १९ गतेबाट सुरु गरेर फागुन ४ गतेसम्म गर्ने भनिएपनि युएईसँगको अन्तराष्ट्रिय सिरीजका कारण एक साताका लागि सरेको हो ।

यसका साथै खेलाडी दर्ताको मितीपनि एकसाता लम्ब्याइएको छ । अब खेलाडीले पुस १७ गतेसम्म नाम दर्ता गर्न पाउनेछन । यसअघि आयोजकले खेलाडी दर्ताको मिती पुष १० गतेसम्म राख्ने र खेलाडीको अक्सन १२ गते गर्ने मिती तोकेका थिए । तर खेलाडीको अक्सन पनि पुस १९ गतेका लागि सारिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest