वार्नरले उचालेका कारण बल टेम्परिङ गरेकाे हाे- बेनक्राेफ्ट

दक्षिण अफ्रिका विरुद्धको खेलमा बल टेम्परिङका कारण प्रतिबन्धमा परेका कामरोन बेनक्रफ्टले आफुलाई यो काम गर्न डेविड वार्नरले उकासेको बताएका छन ।

कप्तान स्टिभ स्मिथले स्विकार गरेपछि वार्नरले आफुलाई केप टाउनमा भएको टेष्टमा बल टेम्परिङ गर्न प्रोत्साहित गरेको खुलासा गरेका छन । अन्तराष्ट्रिय क्रिकेटमा निकै चर्चामा रहेको यो घटनाका कारण तीनै जना क्रिकेटर प्रतिबन्धमा परेका थिए ।

स्मिथले वार्नर र बेनक्रोफ्ट विच भएको कुराकानीमा आफु जानकार भएको प्रतिक्रिया दिएको एक सातामा बेनक्रोफ्टले उपकप्तान वार्नरको भनाईलाई आफुले पालना गरेको बताए । जसका कारण उनले नौ महिनाको प्रतिबन्ध विताएर फेरी अन्तराष्ट्रिय क्रिकेटमा फर्कन तयारीमा छन ।

उनले भने– हामी खेलमा राम्रो लयमा छौ, यो बललाई यस्तो गरेर बलिङ गर भनेर हातमा बल थपाएका थिए । त्यो बेला आफु त्यति जानकार थिएन । मात्र टिममा स्थान बनाएर राम्रो खेल्न थाहन्थे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest