न्युजिल्याण्ड पहिलाे पारीमा सस्तैमा समेटियाे

न्युजिल्याण्ड र श्रीलंका विचको दोस्रो टेष्टको पहिलो दिनमा नै १४ विकेट झरेका छन ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्ड पहिलो पारीमा मात्र एक सय ७८ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र अर्धसतक बनाउन सके । जसमा टिम साउदीले ६८ रन बनाए भने वाटलिङले ४६ तथा रोस टेलरले २७ रनको योगदान गरे ।

न्यूजिल्याण्डको पारीलाई कम स्कोरमा रोक्न सुरंगा लकमलले ५ तथा लहिरु कुमाराले तीन विकेट लिए ।

जवाफमा श्रीलंकाले पनि पहिलो दिनको खेल सकिदा ८८ रन बनाएर चार विकेट गुमाएको छ । उसका सुरुवाती चार खेलाडी सस्तैमा आउट भए । पहिलो दिनको खेल सकिदा श्रीलंका ९० रनले पछाडी रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest