स्टेनले ताेडे पाेलाककाे टेष्ट क्रिकेटकाे रेकर्ड

तिब्र गतिका बलर सान पोलाक टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने दक्षिण अफ्रिकी खेलाडी बनेका छन । राष्ट्रिय टिमबाट खेलेका स्टेनले सान पोलाकको नाममा रहेको चार सय २१ विकेटको रेकर्ड तोड्दै देशका लागि टेष्ट क्रिकेटमा धेरै विकेट लिए पहिलो खेलाडी बने ।

पाकिस्तान विरुद्धको टेष्ट सिरीजको पहिलो दिन फखर जामनको विकेट लिएपछि उनले पोलाकको किर्तीमान भंग गरेका हुन । स्टेनले कुल ८८ टेष्टमा चार सय २२ विकेट लिएका हुन ।

यता पोलाकले एक सय आठ टेष्टमा चार सय २१ विकेट लिएका थिए । पोलाकको यो रेकर्डलाई स्टेनले यसअघि नै पुरा गर्नुपर्ने थियो । तर उनी बारम्बार चोटग्रस्त हुँदा अहिले आएर उनको किर्तीमान भंग गरेका हुन ।

सन् २०१५ मा नै स्टेनले टेष्ट क्रिकेटमा चार सय १६ विकेट लिइसकेका थिए । तर पछिल्लो साढे दुई बर्षमा उनले मात्र ६ वटा टेष्ट खेल्न पाए । जसका कारण उनी बारम्बार टिमबाहिर हुन पुगे । टेष्ट क्रिकेटमा स्टेन सर्वाधिक धेरै विकेट लिनेको सुचिमा १० औं स्थानमा पुगेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest