सिड्नीकाे क्राउडमा खेल्न उत्साहित छु- सन्दिप

सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिगमा भोली सिड्नी सिक्सर्ससँग खेल्दैछ । सिड्नीमा हुने खेल अगाडी नेपाली स्टार खेलाडी सन्दिप लामिछानेले पत्रकारसंग बोल्दै सिड्नी क्रिकेट मैदानमा खेल्न निकै आतुर रहेको बताए ।

लगातार दुई खेल हारेको टिमले सिड्नीमा सकारात्मक नतिजा निकाल्नेमा विश्वस्त रहेको बताएका छन । उनले टिमका सबै खेलाडीले जितका लागि मेहेनत गरिरहेको भएपनि जित निकाल्न नसकेको बताए । तर सिड्नी विरुद्धको खेलमा क्राउडले पनि केहि साथ दिने बताए । उनलै सबै टिमका सदस्यहरु जितका लागि भोको रहेको बताउदै आफुले पनि मेहेनत गरिरहेको बताए ।

सन्दिपले आफुलेपनि बलिङमा केहि सुधार गर्नुपर्ने धारणा राखे । उनले भने अझै आफुले केहि सुधार गर्न आवश्यक रहेको, बलिङमा केहि खराव बल फालेकाले अन्तिम खेलमा रन खाएको बताउदै सिड्नी विरुद्ध त्यसलाई सुधार्ने बताए ।

होवर्ट विरुद्ध तीन विकेट लिएका सन्दिपले विकेटको सेलिब्रेसन प्रिप्लान नभएको बताउदै, त्यो सबै जोसमा हुने र आफु भित्रको खुसीले मैदानमा दौडीएको धारणा राखे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest