सन्दिपले बिग बासमा तेस्राे खेल खेल्दै

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिगमा आज सिड्नी सिक्सर्सविरुद्ध खेल्दैछ ।

सिड्नी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसाे २:०० बजे हुनेछ । लगातार दुइ खेल हारेकाे मेलबर्न पहिलाे जितकाे खाेजीमा रहेकाे छ भने सिड्नी पनि घरेलु मैदानमा दाेस्राे जितकाे दाउमा रहेकाे छ ।

मेलबर्न सुरूवाती २ खेलमा मेलबर्न सिड्नी थण्डर र होबर्ट हरीकेन्ससंग पराजित भएको थियो । अघिल्ला दुई खेलमा राम्राे प्रदर्शन गरेका सन्दिप अाजपनि टिममा पर्ने प्रबल सम्भावना रहेकाे छ । सन्दीपले यसअघिका दुई खेलमा पाँच विकेट लिईसकेका छन्  ।

उनले पहिलाे खेलमा ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट  लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest