बाेल्टले ४ रनमा ६ विकेट लिदा श्रीलंकाकाे पारी धरासायी

न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा श्रीलंका मात्र एक सय चार रनमा अलआउट भयो ।

९८ रनमा चार विकेटको अवस्थामा दोस्रो दिनको सुरुवात गरेको श्रीलंकाले अरु ६ रन जोड्दा अलआउट भयो । श्रीलंकाको पारीलाई ध्वस्त बनाउन ट्रेन्ट बोल्टले सशक्तक बलिङ गरे ।

उनले दोस्रो दिनको पहिलो सेसनमा बलिङ गर्दा मात्र ४ रन दिदै ६ विकेट लिए । विश्व स्तरका स्विङ बलर बोल्टको अगाडी श्रीलंका पुरै धरासायी बन्यो । यसअघि न्यूजिल्याण्डले पहिलो पारीमा एक सय ७८ रन बनाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest