न्युजिल्याण्डका निसाम र ब्रासवेल राष्ट्रिय टिममा फर्किए

न्युजिल्याण्ड क्रिकेट टिमका अलराउण्डर जेम्स निसाम र डोउ ब्रासवेलले करीव एक बर्ष पछि एकदिवसिय टिममा कमब्याक गरेका छन ।

श्रीलंका विरुद्धको तीन खेलको एकदिवसिय सिरीजका लागि दुबै खेलाडी टिममा फर्किएका छन । जनवरी तीन तारिखबाट सुरु हुने सिरीजका लागि विकेटकिपर टीम सेइफेर्टले पनि स्थान बनाएका छन । नियमित विकेटकिपर टोम लाथमलाई आराम दिएका कारण टीमले एकदिवसिय खेलमा डेब्यु गर्ने भएका छन ।

जेम्सले पछिल्लो १८ महिनासम्म कुनैपनि फरम्याटका खेल खेलेका छेनन । तर डोमेस्टिक खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई राष्ट्रिय टिममा बोलाइएको हो । घरेलु क्रिकेट प्रतियोगितामा उनले ५ सय तीन रन बनाएका थिए । यसका साथै उनले १३ विकेट पनि लिएका थिए ।

यस्तै बलर ब्रासवेलले न्युजिल्याण्डबाट अन्तिम पटक गतबर्षको अक्टोबर नोभेम्बरमा भारत ए टिम विरुद्ध खेलेका थिए । जसमा उनले आठ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest