अष्ट्रेलिया विरूद्दकाे दाेस्राे टेष्टमा भारतकाे मबजुत ब्याटिङ

चेतेश्वर पुजाराको शतकमा भारतले घरेलु टिम अष्ट्रेलिया विरूद्द बलियाे पकड बनाएकाे छ ।

मेलबर्नमा जारी टेष्टमा टस जितेर ब्याटिङ गरेकाे भारतले पहिलो पारीमा ४४३ रनमा सात विकेट गुमाउदै पारीकाे घाेषणा गरेकाे छ । २ सय १५ रनमा २ विकेट गुमाएकाे भारतका लागि कप्तान विराट काेहलीले ८२ रन बनाए भने पुजाराले एक सय ६ रन जाेडे ।

उनीहरूले तेस्राे विकेटका लागि १७० रनकाे साझेदारी गरेका थिए । राम्राे फर्ममा रहेका काेहली सतकबाट मात्र १८ रनले चुके । पुजाराको याे सिरिजमा दोस्रो र अष्ट्रेलियाविरुद्व चौथाे शतक हो । यसअघि उनले एडिलेड टेष्टमा १ सय २३ रन बनाएका थिए ।

पहिलो दिन भारतका लागि डेब्यु गरेका मयांक अग्रवालले ७६ रन बनाएका थिए । एडिलेडमा भएकाे पहिलो टेष्टमा भारत पराजित भएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest