सिड्नी विरूद्दकाे खेलमा सन्दिप टिममा, मेलबर्नले पहिले बलिङ गर्ने

बिग बास लिगमा मेलबर्न स्टार्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । जसमा सन्दिप पहिलाे ११ रनमा परेका छन ।

लगातार दुइ खेल हारेकाे मेलबर्न पहिलाे जितकाे खाेजीमा रहेकाे छ भने सिड्नी पनि घरेलु मैदानमा दाेस्राे जितकाे दाउमा रहेकाे छ ।

मेलबर्न सुरूवाती २ खेलमा मेलबर्न सिड्नी थण्डर र होबर्ट हरीकेन्ससंग पराजित भएको थियो । अघिल्ला दुई खेलमा राम्राे प्रदर्शन गरेका सन्दिप अाजपनि टिममा पर्ने प्रबल सम्भावना रहेकाे छ । सन्दीपले यसअघिका दुई खेलमा पाँच विकेट लिईसकेका छन्  ।

उनले पहिलाे खेलमा ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट  लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest