सन्दिपले २ विकेट लिएकाे खेलमा मेलबर्नकाे पहिलाे जित

नेपाली युवा बलर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिगमा पहिलो जित निकालेको छ । आज भएको खेलमा मेलबर्नले सिड्नी सिक्सर्सलाई ५ विकेट हरायो ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ३० रन बनायो । उसकालागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा जोर्डन सिल्कले ४१ तथा सिन एबोटले २२ रन बनाए ।

बलिङमा सन्दिपले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए । यस्तै कोलमनले तीन विकेट हात पारे । जवाफमा मेलबर्नले १४ ओभर ५ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसको जितमा पिटर ह्यान्डसकोपले ७० तथा लार्किनले २० रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest