भारतविरूद्दकाे तेस्राे टेष्टकाे पहिलाे पारीमा अष्ट्रेलिया मात्र १५१ रनमा समेटियाे

भारत विरुद्धको तेस्रो टेष्टको पहिलो पारीमा घरेलु टिम अष्ट्रेलिया मात्र एक सय ५१ रनमा अलआउट भएको छ ।

भारतले बनाउको चार सय ४३ रन पक्ष्याएको अष्ट्रेलिया मात्र ६६ ओभर ५ बलमा एक सय ५१ रनमा समेटियो । उसका कुनैपनि खेलाडीले अर्धसतक बनाउन सकेनन् ।

अष्ट्रेलियाका मार्कुस हारिस, कप्तान टीन मेइनीले सर्वाधिक २२–२२ रन बनाउदा अरु खेलाडी सस्तैमा पेभेलियन फर्किए । अष्ट्रेलियाको पारीलाई कमजोर बनाउन जसप्रित बुर्माहले ६ विकेट लिए । उनले १५ ओभर ५ बलमा चार मेडेन राख्दै ३३ रन खर्चिएर ६ विकेट हात पारे । यस्तै रविन्द्र जडेजाले दुई तथा इसान्त शर्माले एक विकेट लिए ।

यसअघि पहिलो पारीमा भारतले चेतेश्वर पुजाराको सतकको मद्दतले चार सय ४३ रनमा सात विकेट गुमाउदै पारीको घोषणा गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest