डिपीएलकालागि ट्यालेन्ट हन्टबाट १२ खेलाडी छनाेट

धनगढी प्रिमियर लिगकालागि ट्यालेन्ट हन्टबाट १२ जना युवा खेलाडी छनोट गरेको छ ।

ट्यालेन्ट हन्टबाट छनाेट हुनेमा खडक बोहरा, विजय राना, विपीन रावल, विक्रम ठगुन्ना, सुवोध ऐर, शेर मल्ल, ज्ञानेन्द्र कुँवर, सुशील खड्का चयन भएका छन् । यसैगरी, रोशन अधिकारी, कृष्ण ऐर, भूपेन्द्र साउँद र कृष्ण बिष्ट पनि छनोट भएका छन् ।

१२ जना खेलाडीमध्ये डीपीएलमा सहभागी हुने छ वटै टिमले एक÷एक जना खेलाडीलाई अनिवार्य रुपमा राख्नुपर्नेछ । धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest