भारत र अष्ट्रेलिया बिचकाे तेस्राे दिन १५ विकेट झरे

भारत र अष्ट्रेलिया विचको तेस्रो टेष्टको तेस्रो दिन १५ विकेट झरेका छन ।

मेलबर्नमा जारी टेष्टको दोस्रो दिन आठ रनमा विना विकेटको क्षतीमा पारी सुरु गरेको अष्ट्रेलिया एक सय ५१ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले अर्धसतक पार गर्न सकेनन् । उसलाई कमजोर बनाउन जसप्रित बुम्राहले ६ विकेट लिए । पहिलो पारीमा दुई सय ९२ रनको अग्रता बनाएको भारतले दोस्रो पारीको सुरुवात गर्दा तेस्रो दिन सकिदासम्म ५ विकेट गुमाएर ५४ रन बनाएको छ ।

भारतकालागि मायांक अग्रवाल २८ रनमा खेलिरहेका बेला कप्तान विराट कोहली र पहिलो पारीमा सतक प्रहार गरेका चेतेश्वर पुजाराले खाता खोल्न सकेनन् । यस्तै हनुमा भिहारी १३ रनमा आउट भए । त्यसपछि ब्याटिङमा आएका अजिन्क्या राहाणे एक रनमा पेभेलियन फर्किए भने रोहित शर्माले मात्र ५ रन बनाए । अष्ट्रेलियाका लागि चार विकेट पेट कुमिन्सले लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest