मेलबर्नमा आइतबार नेपाली क्रिकेट फेस्टिबल हुँदै

एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेसको आयोजनामा आइतबार मेलबर्नमा पहिलो कार्यक्रमका रूपमा क्रिकेट फेस्टिबल हुँदैछ ।

स्थानीय समय अनुसार आइतबार विहान १० बजे सुरु हुने कार्यक्रममा चार चरणमा हुनेछ । एक्सपर्ट क्रिकेट क्लव मेलबर्नको आयोजनामा हुने कार्यक्रम फ्लेमिङटन भिक्टोरियाको डाब्नीज् पार्कमा हुनेछ ।

कार्यक्रमको ब्यवस्थापन भिक्टोरियन नेप्लिज क्रिकेट एसोसियसनले गरेको छ । जसलाई नेप्लिज क्रिकेट क्लव भिक्टोरिया र नेप्लिज एसोसियसन अफ भिक्टोरियाको साथ रहेको छ ।

पहिलो चरणमा परिचयात्मक कार्यक्रम रहेकाे छ भने  त्यसपछि बच्चाहरुका लागि क्रिकेट सेसन राखिएकाे छ । त्याे सकिएपछि इच्छुक महिला क्रिकेटरलाई पनि आधारभुत जानकारी दिइनेछ ।

दिनको अन्तिम सेसनमा पुरुष क्रिकेट खेलाडीलाई प्रशिक्षणका साथै केहि टिप्सहरु खेलाडीले दिइनेछ । खेलाडीलाइ सिप सिखाउनका लागि नेपालबाट कप्तान पारस खड्का, दिपेन्द्र ऐरी र सुवास प्रधान मेलबर्नमा  छन भने अष्ट्रेलियामा रहेका पुर्व खेलाडी सुमन गौतम र यशवन्त सुवेधीले साथ दिनेछन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest