कुकले क्विन्स अवार्डबाट सम्मानित हुने

इंग्ल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान एलेस्टर कुकसँगै रग्वी युनियनका पूर्व कप्तान बील बीउमोन्ट यस बर्षको क्विन्स अवार्डबाट सम्मानित हुने भएका छन ।

सन् २००६ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुकलाई इंग्ल्याण्डको क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै सो सम्मान दिइन लागेको हो । सन् २००७ मा लान बोथामपछि यो अवार्ड पाउने कुक पहिलो क्रिकेटर बनेका छन । ३४ बर्षे बायाँहाते ब्याट्सम्यान कुकले यसै बर्ष अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

उनले इग्ल्याण्डबाट टेष्ट क्रिकेटमा १२ हजार चार सय ७२ रन बनाएका थिए । जसमा ३३ सतक सामेल छ । इंग्ल्याण्डबाट टेष्टमा सर्वाधिक रन बनाउने कुक पहिलो खेलाडी हुन । चार पटकका एसेस विजेता कुकले करियरको अन्तिम टेष्टमा ओभलमा भारत विरुद्ध सतक प्रहार गरेका थिए । इग्ल्याण्डलाई ५९ टेष्टमा कप्तानी गरेका कुकले साढे चार बर्ष सो जिम्मेवारी सम्हालेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest