प्रतिबन्ध सकेर फर्किएका बेनक्राेफ्ट बिग बासबाट नयाँ इनिङ सुरू गर्दै

दक्षिण अफ्रिका विरुद्धको खेलमा बल टेम्परीङका कारण प्रतिबन्धमा परेका अष्ट्रेलियन क्रिकेट कामरोन बेनक्रोफ्ट नौ महिनाको प्रतिबन्ध सकेर क्रिकेटमा फर्किएका छन ।

स्टिभ स्मिथ र डेविड वार्नससँगै प्रतिबन्धमा परेको बेनक्रोफ्टले नौ महिनाको प्रतिबन्ध आज पुरा गर्दैछन । जसका कारण उनले आफ्नो नयाँ क्रिकेट करियर भोलीबाट सुरु गर्दैछन । विग ब्यास लिगमा होर्ड हुरिकेन्स विरुद्धको खेलमा बेनक्रोफ्ट पर्थको टिममा परेका छन ।

गत मार्च महिनामा दक्षिण अफ्रिका विरुद्धको खेलमा बल टेम्परिङ गरेका कारण उनको क्रिकेट करियरमा ब्रेक लागेको थियो । २६ बर्षे बेनक्रोफ्टले आफु फेरी क्रिकेटमा ब्याक भएकोमा निकै उत्साहित भएको बताउका छन । साथै उनले आफु सकारात्मक सोचका साथ आएको र पहिले के भयो त्यो विर्सेर नयाँ सुरुवात गर्ने बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest