अष्ट्रेलिया विरूद्दकाे तेस्राे टेष्ट भारतकाे पकडमा

अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले बलियाे पकड बनाएकाे छ ।

चाैथाे दिनकाे खेल सकिँदा घरेलु टिम अष्ट्रेलिया ३ सय ९९ रनको लक्ष्य पछ्याउदा ८ विकेट गुमाएर २ सय ५८ रनकाे अवस्थामा छ ।

अब अष्ट्रेलियाले याे टेष्ट बचाउनका लागि अन्तिम दिन पुरै टिक्नु पर्नेछ । उसले पाँचाै दिन जितका लागि पुरै दिनमा १ सय ४१ रन बनाउनु पर्ने छ भने भारतले जित्न २ विकेट लिए मात्रै पुग्ने छ ।

भारतले पहिलो पारिमा ४४३ तथा दोस्रो पारिमा १०६ रन बनाउँदा घरेलु टोली अष्ट्रेलियाले पहिलो पारिमा १५१ रन बनाएको थियो । भारतले पहिलो पारिमा २९२ रनको अग्रता बनाएकाे भारतले दोस्रो पारिमा १०६ रन थप्दै अष्ट्रेलियालाइ ३ सय ९९ रनको लक्ष्य दिएकाे हाे ।

अष्ट्रेलियाका कुमिन्स ६१ तथा लियोन ६ रनमा नट आउट रहेका छन् । भारतका रविन्द्र जडेजाले ३ तथा जसप्रित ब्रुमराह र मोहम्मद सामीले दुई दुई विकेट लिएका छन् । चार वटा टेस्टको सिरिजमा भारत र अष्ट्रेलियाले एक एक टेस्ट जितेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest