केसिटिसीले मनायो आफ्नो १०औं वार्षिकोत्सव

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले संचालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ । केसिटिसीले काठमाडौँमा आज एक कार्यक्रमको आयोजना गर्दै आफ्नो १०औं वार्षिकोत्सव मनाएको हो ।

उक्त कार्यक्रममा केसिटिसीले आफ्नो एकेडेमीमा अभ्यास गर्दै यू१६, यू१९, राष्ट्रिय टोली तथा महिला राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई पनि सम्मान गरेको थियो ।

त्यस्तै केसिटिसीको स्थापना देखि हाल सम्म सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest