अष्ट्रेलिया विरूद्दकाे टेष्ट सिरीजमा भारत २-१ ले अगाडी

अष्ट्रेलियाविरुद्धको भारत ४ टेष्ट सिरीजमा भारतले २-१ काे अग्रता बनाएकाे छ । अाज सम्पन्न तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी भएको छ ।

मेलवर्नमा आइतबार पाँचौ दिनको खेलमा अष्ट्रेलियाका बाँकी २ विकेट लिएपछि भारत विजयी भएको हो । पहिलो इनिङमा ४३७ रन बनाएको भारतले अष्ट्रेलियालाई १५१ रनमा रोकेको थियो ।

पहिलो इनिङमा २९२ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङमा १०६ रन बनाउँदै अष्ट्रेलियालाई ३९९ रनको चुनौती दिएको थियो । जवाफमा अष्ट्रेलियालाई दोस्रो इनिङमा भारतले २६१ रनमा समेट्न सफल भयो ।

अष्ट्रेलियाविरुद्ध भारतका रविन्द्र जेडेजा र जसप्रित बुम्रराहले तीन तीन विकेट लिँदा इशान्त शर्मा र मोहम्मद सामीले दुई दुई विकेट लिए । अष्ट्रेलियाका पेट क्यूमिन ६३ रनमा आउट भएसँगै अष्ट्रेलियाको भत्किएको थियो ।

यसैगरी सौन मार्साले ४४ तथा ट्रेभिस हेडले ३४ रन जोडेका थिए । तेस्रो टेस्ट जितेसँगै भारतले सिरिजमा २–१ को अग्रता लिएको छ । अब चौथो टेस्ट जनवरी ३ तारिखदेखि सिड्नीमा शुरुहुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest