युएईसँगकाे खेलका लागि २० खेलाडी क्याम्पमा बाेलाइयाे

युएईसंगको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ  । जसमा पहिलाे चरणमा २० खेलाडी छनाेट गरिएकाे छ ।
आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासम्मलित छनोट समितिले प्रारम्भिक टोलीबाट केहि दिनकाे क्लोज क्याम्पपछि अन्तिम नामावली सार्वजनिक हुनेछ । नेपाली टोलीको क्लोज क्याम्प जनवरी ८ बाट सुरु हुनेछ ।
नेपालले आगामी माघमा युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपालले माघ ११ देखि माघ २० सम्म युएईसंग खेल्नेछ । पहिले एकदिवसीय सिरिज हुनेछ । त्यसपछि टी-ट्वान्टी सिरिज हुनेछ । सिरिज दुबईमा हुनेछ ।
नेपाल र घरेलु टोली युएईबीच हुने एकदिवसीय र टी- ट्वान्टी सिरिजको खेल तालिका माघको दोस्रो साताबाट सुरु हुनेछ । नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालले माघ ११ देखि माघ २० सम्म युएईसंग खेल्नेछ ।
नेपाली टोली : 
पारस खड्का (कप्तान)
अविनाश बोहरा
बसन्त रेग्मी
भिम सार्की
बिक्रम सोब
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
यानेन्द्र मल्ल
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
सोमपाल कामी सन्दीप जोरा
सुशन भारी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest