बंगलादेशी क्रिकेटर मुर्तजा राजनितिक नेता बने

बंगलादेशी क्रिकेटर मशरफे मुर्तजा राजनितीमा छिरेका छन । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लिगबाट सांसदमा उठेका मुर्तजा भारती अन्तरले संसादमा निर्वाचित भएका छन् ।

उनले आफ्ना प्रतिद्वन्द्वीलाई साढे दुई लाखभन्दा बढी मतले पछि पारेका हुन् । नारायल–२ सिटका उम्मेद्वारा मुर्तजाले दुई लाख ७१ हजार भोटले ल्याएका थिए भने उनको विपक्षी जातीय ओइक्यो फ्रन्ट गठबन्धनका उम्मेद्वार फरिदुज्जमा फरहादले जम्म ७,८८३ मत प्राप्त गरेका थिए ।

यसै महिनाको नौ तारिकमा उनले वेष्ट इण्डिजविरुद्धको खेलअघि चुनाव लड्ने घोषणा गरेको मुर्तजाले सन् २०१९ को विश्वकपपछि सन्यास लिने घोषणा गरेका थिए ।

सन् २००९ मा भोगेको इन्ज्युरीपछि उनले टेस्टबाट सन्यास लिएर एकदिवशीयमा ध्यान दिइरहेका छन् । उनले बंगलादेशका लागि ३६ टेस्ट म्याचमा ७८ विकेट लिएका छन् । टि–२० बाट उनले २०१७ बाटै सन्यासको घोषणा गरिसकेका छन् ।

टि–२० मा पनि उनले ५४ खेलमा ४२ विकेट लिएका छन् । बंगलादेश क्रिकेटमा राष्ट्रिय टिमसँगै सांसद बन्ने मुर्तजा पहिलो ब्यक्ति भने होइनन् । यसअघि सन् २०१४ मा नइमुर रहमान दुरजोय पनि क्रिकेट खेल्दै गर्दा सांसद बनेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest