सन्दिपले बिग ब्यासमा अन्तिम खेल खेल्दै, पारसले मैदानमा पुगेर खेल हेर्ने

अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा नेपाली युवा बलर सन्दिप लामिछाने सहभागी मेलवर्न स्टार्सले मंगलबार मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दै छ ।

खेल नेपाली समयअनुसार दिउँसो २ बजे मेलवर्नमै शुरु हुने छ । जारी सिजनमा नेपाली युवा बलर सन्दिप लामिछानेले सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।

मेलवर्न डर्बी हेर्न नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पनि आज मैदान जानेछन । हार क्रिकेट महोत्सवका लागि अस्ट्रेलियामा रहेका पारसलाइ मेलवर्नले खेल हेर्न विषेश निम्तो दिएको हो । यो खेलपछि संदिप भने बंगलादेश प्रिमियर लिगमा सहभागी हुन जानेछन । बंगलादेश प्रिमियर लिग जनवरी पांच देखी सुरु हुदैछ । संदिपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गर्नेछन । सिल्हेटले आफ्नो पहिलो खेल ६ जनवरीमा कोमिला भिक्टोरियन्स संग खेल्नेछ ।

लगातार तीन खेलमा सहभागीता जनाएका सन्दिपले अहिलेसम्म ८ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका हुन् । सन्दिपले उत्कृष्ट प्रदर्शन गरे पनि मेलवर्न स्टार्सले तीन मध्य एउटा खेल मात्रै जितेको छ ।

मंगलबारको खेलमा विजयी भए सुपुर फोरमा पुग्ने सम्भावना वलियो बन्ने छ । मेलवर्न स्टार्स २ अंक सहित छैटौं स्थानमा रहँदा मेलवर्न रेनगार्डसभने ४ अंक सहित दोस्रो स्थानमा रहेको छ । मेलवर्न स्टार्स र मेलवर्न रेनगार्डसको जारी बिगबासको १६औं खेल हो भने टिमको चौथो खेल हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest