चारै खेलमा सन्दिपकाे सिकार विपक्षि कप्तान

नेपाली युवा स्टार खेलाडी सन्दिप लामिछानेले बिग बासमा चारै खेलमा लगातार चार वटा कप्तानको विकेट लिन सफल भए ।

मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले ३१ रनमा एक विकेट लिदा उनको सिकार कप्तान टम कुपर बने । सन्दिपले उनलाई १० रनमा बोल्ड गरे । उनले कप्तानलाई पेभेलियनको बाटो देखाएको यो पहिलो पटक भने होइन ।

सन्दिपले बिग बासको डेब्यु खेलमा सिड्नी थन्डर्सका कप्तान सेन वाट्सनलाई आउट गरेका थिए । विस्फोटक खेलाडी वाट्सनलाई सन्दिपले २२ रनमा पेभेलियनको बाटो देखाए । सो खेलमा सन्दिपले कुल दुई विकेट हात पारे ।

त्यसपछि लिगमा मेलबर्नको दोस्रो खेलमा सन्दिपले होबर्ट हुरीकेन्सका कप्तान म्याथ्यु वाडेको विकेट चट्काए । जसमा उनले वाडेलाई ५२ रनमा पेभेलियनको बाटो देखाए । यो खेलमा सन्दिपले कुल तीन विकेट हात पारे ।

त्यसपछि लिगको दशौं तथा सिड्नी सिक्सर्स विरुद्धको खेलमा पनि सन्दिपले टिमका कप्तान मोइसेस हेनरीक्सलाई मात्र नौ रनमा पेभेलियनको बाटो देखाए । यो खेलमा पनि सन्दिपले दुई विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest