२०२० काे टी-२० विश्वकपमा बंगलादेश र श्रीलंका साेझै स्थान बनाउन चुके

सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेश सिधा छनोट नहुने भएका छन ।

आइसीसीले सार्वजनिक गरेको टी–२० को नयाँ बरियतामा नबौं र दशौं स्थानमा रहेका श्रीलंका र बंगलादेशले विश्वकप छनोट खेल्नुपर्ने भएको छ । आइसीसीले बनाएको नियम अनुसार आयोजक र शिर्ष आठ स्थानमा रहने टिमले टी–२० विश्वकपमा स्थान बनाउछन ।श्रीलंका र बंगलादेशले विश्वकप छनोट खेल्नु पनेृ भएको छ ।

प्रतियोगिता १८ अक्टोबर देखि १५ नोभेम्बरसम्म हुनेछ । सन् २०१४ को च्याम्पियन श्रीलंकाका कप्तान लसिथ मालिंगाले सुपर टुवेल्भमा पुग्न नसकेको दुःख लागेको बताए । यता बंगलादेशका कप्तान सकिव अल हसनले टिमले पछिल्लो पटक राम्रो प्रदर्शन गर्दै गएकोले विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्ने बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest