मेलबर्न स्टार्सकाे लगातार दाेस्राे जित

नेपाली क्रिकेटर सन्दीप लामिछानेकाे टिम मेलबर्न स्टार्सले बिग बास लिगमा  मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गरेकाे छ ।

मेलबर्नमा भएकाे खेलमा ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले पुरै २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो ।उसका लागि ड्यानियल क्रिस्टियनले ३२ तथा साम हार्परले ३० रन जोडे ।

यस्तै वाल्टर हार्भीले २१ रन जोडे । मेलबर्न स्टार्सका ड्याने ब्राभोले ३ तथा मार्कुस स्टोनिस र स्कोट बोलान्डले २/२ विकेट लिए । सन्दीपले १ विकेट लिए ।

रेनेगेड्सले दिएको १४९ रनको लक्ष्य स्टार्सले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै मेलबर्न स्टार्सले ४ खेलबाट ४ अंक जोडेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest