बीबीएलपछि सन्दिप उडे बीपीएलकालागि

अष्ट्रेलियन क्रिकेट प्रतियाेगिता बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका सन्दिपकाे अर्काे अन्तराष्ट्रिय गन्तब्य बंगलादेश प्रिमियर लिग रहेकाे छ । बिग बासमा ४ खेल खेलेर सन्दिप बंगलादेश उडेका छन ।
गएराति मेलबर्न विमानस्थलबाट ढाकाका लागि प्रस्थान गरेका सन्दिपले अाफ्नाे इन्स्टामा फाेटाे राख्दै बीपीएलका लागि तयार रहेकाे र बीबीएलमा सुरूवाती खेल खेल्दा पाएकाे साथ र समर्थनले निकै हाैसीएकाे बताएका छन । साथै उनले मेलबर्न स्टार्सलाइ शुभकामना समेत दिएका छन । 
बिग बासमा चार खेलमा ८ विकेट लिएर सबैकाे मुखमा झुन्डिएका सन्दिपकाे प्रदर्शन बंगलादेशकाे भुमीमा कस्ताे गर्लान भन्ने काैतुहल बढ्न थालेकाे छ । बिग बासमा गरेकाे प्रदर्शनका कारण सन्दिपले बीपीएलमा पनि उत्कृष्ट खेल्छन भन्नेमा सबै अाशावादी रहेका छन् ।
वकार युनिसकाे प्रशिक्षणमा रहेकाे सिलेट सिक्सर्सबाट सन्दिपले बीपीएल खेल्नछन । उनकाे टिममा विश्वका उत्कृष्ट खेलाडी रहेका छन । डेभिड वार्नरकाे कप्तानीमा रहेकाे सिलेटमा सन्दिप र वाट्सनबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि, गुलाब्दिन नैब, आन्द्रे फेचर, मेहन्दी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन रहेका छन ।

सन्दिपकाे टिमले पौष २२ गते कोमिल्ला भिक्टोरियन्ससँग खेल्नेछ । दाेस्राे खेलमा पौष २५मा  चिट्टगङ भाइकिङ्स विरूद्द प्रतिस्पर्धा गर्नेछ ।

७ वटा टिमहरुकाे सहभागिता रहेकाे प्रतियाेगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स, स्याल्हेट सिक्सर्स रहेका छन । याे प्रतियाेगिता सकिएपछि सन्दिप फेरी बिग बासकाे अन्ति चरणका खेल खेल्न पुग्नेछन । यदी उनकाे टिम प्रतियाेगितामा टिकी रह्रयाे भने ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest