भारत दबावमा,आश्विन चाैथाे टेष्ट गुमाउने

अष्ट्रेलिया विरुद्धको चौथो टेष्टमा भारतीय स्पिनर रविचन्द्रन आश्विन खेल्न नपाउने भएका छन । टिमको फिटनेश टेष्टमा फेल भएपछि उनी चौथो टेष्टका लागि टिम बाहिर भएका छन ।

सिड्नी क्रिकेट मैदानमा हुने चौथो टेष्टका लागि भएको भारतीय टिमको फिटनेश टेष्टमा आश्विन सतप्रतिशत फिट नभएपछि बाहिरी हुने भएका छन । आश्विन टिमबाहिर भएपछि भारत दबावमा परेको छ । एडीलेडमा भएको पहिलो टेष्टमा उनी स्ट्रेनका कारण त्यसपछिका दुई टेष्ट खेल्न सकेका थिएनन् । उनको जिम्मेवारी फेरी रविन्द्र जडेजाको काँधमा थपिएको छ ।

आश्विन फिटनेशका कारण टिममा नपरेको यो दोस्रो टेष्ट हुनेछ । यसअघि इंग्ल्याण्ड विरुद्धको ५ टेष्टको श्रृखंलामा पनि उनी फिटनेशमा फेल भएर टिम बाहिर रहेका थिए । भारतीय टिमका कप्तान विराट कोहलीले आश्विन टिममा नहुनु ठुलो दबाव हुनु भएको प्रतिक्रिया दिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest