डिपीएलकाे अक्सन २२ गते, २०५ खेलाडीले गरे नाम रजिस्ट्रेसन

माघ २६ गतेबाट हुने धनगढी प्रियिमर लिग डीपीएलका लागि कुल २०५ खेलाडीले नाम दर्ता गराएका छन ।

आयोजक धनगढी क्रिकेट एकेडमीले गत पुस ४ गतेबाट खेलाडी दर्ता प्रक्रिया सुरू गरेकाेमा थप एक साताका लागि सारेकाे थियाे ।मंगलबार सकिएकाे खेलाडी दर्ताकाे मितीमा जतिपनि खेलाडीले नाम दिए उनिहरूलाइ अनुभवकाे आधारमा छुट्याइनेछ ।

यसपटक अायाेजकले खेलाडी आफैलाइ अाफ्नाे मुल्य ताेक्ने प्रावधान बनाएकाे थियाे । जसमा न्युनतम ३० हजार देखि अधिकतम २ लाख ५० हजारसम्मको मुल्य ताेकिएकाे छ । दर्ता भएका खेलाडीलाइ समेटेर आयाेजकले पुष २२ गते अक्सन गरिनेछ ।

यतिमात्र हाेइन यसपटक आयाेजकले अक्सनबाट छनोट भएका खेलाडीलाई टिमले ३ बर्षका लागि अनुबन्धन गर्न पाउने प्रावधान बनाएकाे छ ।पहिलाे संस्करणमा अक्सनमा लगाएकाे बाेलि खेलाडीले पाउनेछन भने दाेस्राे बर्षमा टिमले रिलिज गर्ने र आपसी समझदारीमा खेलाडीलाइ रिटेन गर्न सक्नेछन ।

नेपाल र युएइ विचकाे तीन एकदिवसिय र तीन टी-२० खेलकाे सिरीजका कारण एक साता सरेकाे डीपीएल यसपटक माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीकाे फाप्ला मैदानमा हुनेछ । ६ फ्रेन्चाईज टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेताले पाउँने रकम केहि दिनमा नै सार्वजनिक गरिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest