चार बर्षमा टस जित्दा एउटा खेलपनि नहारेकाे भारत

अष्ट्रेलिया र भारत विचको चौथो टेष्ट आजबाट सुरु भएको छ । सिड्नी क्रिकेट मैदानमा भारतले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

टेष्ट क्रिकेटमा भारतले पछिल्लो चार बर्षमा टस जित्दा एउटा खेलपनि हारेको छैन । जसका कप्तान विराट कोहलीले भारतीय टेष्टको कप्तानी सम्हालेपछि टस जित्दा डन ब्राडमनपछि एउटा खेलपनि नहार्ने दोस्रो कप्तान हुन ।

अष्ट्रेलिया विरुद्धको टेष्ट सिरीजमा भारत दुई एकले अगाडी रहेको छ । यो चार बर्षमा भारतले २२ खेलमा टस जितेको छ । जसमा १९ खेल जितेको छ भने तीन खेल बराबरी भएका छन ।

दोस्रो स्थानमा दक्षिण अफ्रिका रहेको छ । उसले १९ खेलमा १२ खेलमा जित, तीन हार र चार बराबरी खेको छ । तेस्रो स्थानमा अष्ट्रेलिया छ । उसले १७ खेलमा टस जित्दा १० मा जित, तीन हार र चार बराबरी गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest