अष्ट्रेलिया विरूद्दकाे चाैथाे टेष्टमा भारत बलियाे स्थितीमा

अष्ट्रेलियाविरुद्वको चौथो तथा अन्तिम टेष्टकाे पहिलाे दिनकाे खेल सकिदा भारत बलियाे स्थितीमा पुगेकाे छ । उसकाे पारीमा चेतेश्वर पुजाराले सतक बनाएका छन ।

सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा ९० ओभरमा ४ विकेट गुमाएको ३०३ रन जोडेको छ ।

चेतेश्वर पुजाराले शतकीय इनिङस खेलेपछि भारतले उत्कृष्ट सुरुवात गरेको हो ।

पुजारा १३० रन बनाएर खेलिरहेका छन् । पुजराको यो तेस्रो टेष्ट शतक हो । पुजारालाई हनुमा बिहारीले ३९ रन बनाएर साथ दिईरहेका छन् ।

यस्तै भारतका लागि मयंक अग्रवालले ७७ रन जोडे । कप्तान बिराट कोहली २३  रनमा आउट हुँदा अजिन्का रहानेले १८ रन बनाए ।

अष्ट्रेलियाका जोश हजालवुडले २ विकेट लिए ।

घरेलु टोलीविरुद्धको ४ खेलको सिरिजमा भारत २ – १ ले अघि रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest