न्युजिल्याण्डद्वारा श्रीलंका ४५ रनले पराजित

श्रीलंकाबिरुद्धको तीन एकदिवशीय खेलको श्रृङखलामा घरेलु टोली न्युजिल्याण्ड ४५ रनले विजयी भएकाे छ। जितसँगै न्युजिल्याण्डले तीन खेलकाे श्रृखंलामा १–० को अग्रता लिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले मार्टिन गुप्तिलको १ सय ३८ रनको सहयोगमा निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ७१ रनको विशाल योगफल बनाएको थियो ।

गुप्तिलले १३९ बलमा ११ चौका र ५ छक्का प्रहार गरे । कप्तान केन विलियमसनले ७६ र रस टेलरले ५४ रन बनाए । जेम्स निसमले १३ बलमा ४७ रनको अविजित पारी खेले । बलिङतर्फ श्रीलंकाका लसिथ मालिंगा, नुवान प्रदीप र थिसरा परेराले २–२ विकेट लिए ।

३७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले इनिङको अन्तिम बलमा सबै विकेट गुमाउनुअघि मात्र ३२६ रनमात्र बनायो । कुशल परेराले १०२ रनको शतकीय पारी खेले पनि श्रीलंकाको हार टरेन ।

ओपनर निरोशन डिकवेल्लाले ७६ र धनुस्का गुनाथिकालाले ४३ रन बनाए पनि श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । बलिङमा न्युजिल्याण्डका जेम्स निसमले ३ विकेट लिए । ट्रेन्ट बोल्ट, लकी फर्गुसन र इश सोधीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest