ब्यस्त सन्दिपकाे एक महिनाकाे अचम्मकाे अन्तराष्ट्रिय सेड्युल

नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने एकमहिनामा तीन वटा अन्तराष्ट्रिय प्रतियोगिता खेल्दैछन ।

अष्ट्रेलियाको विग बासमा चार खेल खेलेर बंगलादेश पुगेका सन्दिपले बंगलादेश प्रिमियर लिग आइतबारबाट खेल्दैछन् । विग बासमा चार खेलमा आठ विकेट लिएर विचमा नै पूर्व सहमति अनुसार दक्षिण एशियामा हुने दोस्रो ठुलो फ्रेन्चाइज प्रतियोगिता बंगलादेश प्रिमियर लिग खेल्न पुगेका हुन् । तर उनले बंगलादेश प्रिमियर लिग पनि पुरै खेल्नेछैनन् ।

फेब्रुवरी आठ सम्म चल्ने प्रतियोगिताको विचमा नेपालले युएईसँग अन्तराष्ट्रिय सिरीज खेल्दैछ । त्यसका लागि उनी बंगलादेशबाट नै युएई जानेछन् । जसमा उनले राष्ट्रिय टिमबाट तीन एक दिवसिय र तीन टी–२० खेल खेल्नेछन् ।

जसमा नेपालले २५ जनवरीमा पहिलो एकदिवसिय खेल्नेछ भने २६ मा दोस्रो र २८ मा तेस्रो खेल खेल्नेछ । यस्तै जनवरी ३१ देखि फेब्रेवरी तीनसम्म तीन टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि उनी फेरी अष्ट्रेलिया फर्किने संभावना प्रवल रहेको छ । बिग बासमा अन्तिम चरणका खेल फेब्रुवरी १८ सम्म चल्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest