बर्ष २०१८ काे टेष्ट टिममा भारतका काेहलीमात्र अटाए

बर्ष सन् २०१८ सकिदा भारत टेष्ट क्रिकेटको बरियतामा शिर्ष स्थानमा रहन पुग्यो । तर बर्ष २०१८ को टेष्ट टिम अफ दी इयरमा भने भारतका एक खेलाडीले मात्र स्थान बनाए ।

क्रिकइन्फोले सार्वजनिक गरेको बर्षको टेष्ट टिममा भारतका कप्तान विराट कोहलीले मात्र स्थान बनाए । बर टेष्टको बरियतामा आठौं स्थानमा रहेको वेष्ट इन्डिजका दुई खेलाडी अट्न सफल भए । जसमा सानोन गाब्रियल र जेसन होल्डरले बर्षको टेष्ट टिममा स्थान बनाए । सन् २०१८ मा मात्र सात खेल खेलेको न्युजिल्याण्डका केन विलियम्सन, टोम लाथम र हेनरी निकाल्स टिममा परे । इंग्ल्याण्डका जोस बट्लरले मात्र टिममा प्रवेश पाए भने अष्ट्रेलियाका नाथन लियोन, पाकिस्तानका मोहम्मद अब्बार र दक्षिण अफ्रिकाका कागिसो राबाडाले बर्ष २०१८ को टेष्ट टिममा परे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest