धनगढी प्रिमियर लिगकाे अक्सन भाेली

धनगढी प्रिमियर लिगको खेलाडी अक्सन भोली हुदैछ । यसपटकको अक्सनमा खेलाडीको बेस प्राइस ३० हजार देखि दुई लाख ५० हजार सम्म तोकिएको छ । अन्नपुर्ण होटेलमा विहान ११ बजेबाट हुने अक्सन अगाडी हरेक टिमको मार्की खेलाडीको पनि फाइनल हुनेछ ।

अघिल्ला संस्करणमा खेलाडीलाई आयोजकले बर्गिकरण गरेर चार श्रेणीमा राखेर अक्सनमा बोलि लगाइथ्यो भने यसपटक खेलाडी दर्ता गर्दा नै उनीहरुले आफु कुन श्रेणीको खेलाडी भनेर छुट्याएर फर्म भरेका छन । जसका कारण यसपटकको अक्सन खुल्ला रुपमा गरिने भएको छ । जसमा हरेक टिमले आफुलाई चाहिएको खेलाडीमा बोलि लगाउनेछन ।

यसपटकको डीपीएलमा अघिल्लो संस्करणमा रहेका मार्की खेलाडी पनि परिवर्तन हुने भएका छन । प्रतियोगितामा सहभागि ६ टिममा ५ टिमको मार्की खेलाडी फाइनल जस्तै भइसकेको छ भने रुपन्देहीको बाँकि रहेको छ । अघिल्लो संस्करणमा रुपन्देहीका कप्तान शक्ति गौचनले क्रिकेटबाट सन्यास लिइसकेको अवस्थामा उनको स्थानमा नयाँ मार्की खेलाडी छनोट गरिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest