पूर्व कप्तान एलवी क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’ सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलवी क्षेत्रीको जीवनमा आधारीत आत्मकथा ‘कप्तान १९९८’ नामक पुस्तक विमोचन गरिएको छ ।

नेपाली क्रिकेट टिमको कप्तानी गर्दाको अनुभवलाई समेटेर यो पुस्तक लेखिएको छ । नेपालमा महिला क्रिकेटको स्थापना गर्ने खेलाडीको पहिचान बनाएका एलवीको यो पुस्तकलाई क्रियटिभ बुक्सले बजारमा ल्याएको हो ।

यो पुस्तकमा एलवीले राष्ट्रिय टिमबाट खेल्दा पाएका दुःखहरु, खुसीका क्षणलाई यो पुस्तकमा राखिएको छ । यो प्रकाशनले यसअभि ओलम्पियन सुरेन्द्र हमालको आत्मकथालाई बजारमा ल्याएको थियो । ‘कप्तान १९९८’ मा केहि यस्ता घटनाहरु समावेश गरिएको छ, जसले नेपाली क्रिकेटको नयाँ मोडलाई दर्शाइएको छ । यसका साथै उनले महिला क्रिकेट स्थापना गर्दा ब्यहोरको बाधा र यसको सुरुवातका कतिपय अनुभवलाई राखिएको छ ।

पुस्तकलाइ क्यानका पुर्व अध्यक्ष विनयराज पाण्डे, एलवी क्षेत्री, विनाेद दाश लगायतले सामुहिक रूपमा विमाेचन गरे ।

बजारमा यसको मुल्य ४२५ रुपैयाँ राखिएको छ । कप्तान १९९८ मा समावेश गरिएका केहि मुख्य अंशहरु यसप्रकार छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest