चाैथाे टेष्टमा भारतकाे उत्कृष्ट ब्याटिङ, पुजारा र पन्तकाे सतक

चेतेश्वर पुजारा र ऋषव पन्तको शतकका कारण अष्ट्रेलिया विरूद्दकाे चौथो तथा अन्तिम टेस्टकाे दोस्रो दिनको खेल सकिदा भारत ५ सय ९८ रनले अगाडी रहेकाे छ ।

दोस्रो दिन ३०३ रनमा ४ विकेटकाे अवस्थाबाट खेल सुरूगरेकाे भारतले कुल ६२२/७ को अवस्थामा पारी डिक्लियर गर्याे । जसमा पन्तले सानदार ब्याटिङ गर्दै १ सय ८९ बलमा १५ चौका र १ छक्कामा १ सय ५९ मा अविजीत रहे । रविन्द्र जडेजा र पन्तले ७ औं विकेटका लागि २ सय ४ रनको कीर्तिमानी साझेदारी गरे । जडेजाले ८१ रन बनाए ।

त्यसअघि चेतेश्वर पुजाराले पनि भारतकाे पारीमा एक सय ९३ रन थपे । उनी दाेहाेराे सतक बनाउनबाट मात्र ७ रनले पछि परे । त्यस्तै युवा खेलाडी मयंक अग्रवालले, ७७, हनुमा विहारी ४२,कप्तान विराट कोहलीले २३ रनकाे याेगदान गरेका थिए ।

पहिलो पारीकाे सुरूवात गरेकाे अष्ट्रेलियाले दोस्रो दिन २४ रन बनाएकाे छ ।  चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest