डिपीएलकाे अक्सन आज हुँदै, २०५ खेलाडी दर्ता

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी अक्सन आज हुँदैछ ।

अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले न्युनतम ३० हजार देखि २ लाख ५० हजारसम्म मुल्य राखेर नाम दर्ता गराएका छन् । जस अनुसार टिमले खेलाडी किन्नेछन् ।

यस्तै ६ टिम सहभागी हुने डीपीएलमा हरेक टिमले एक ट्यालेन्ट हन्ट र दुई विदेशी गरि १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने जनाएको छ ।

टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ ।  पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको विजेता चौराह धनगढी हो । प्रतियोगिता आगामी माघ २६ गतेबाट धनगढीमा आयोजना हुदैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest