धनगढी प्रिमियर लिगकाे अक्सनमा अहिलेसम्म चार खेलाडीले पाए अधिकतम रकम

धनगढी प्रिमियर लिगका लागि खेलाडीको अक्सन अहिले काठमाडौंमा भइरहेको छ । जसमा पहिलो सेसन सकिदा तीन खेलाडीले अधिकतम मुल्य पाएका छन । त्यसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललित भण्डारी र विनोद भण्डारी छन ।

होटेल अन्नपुर्णमा भएको अक्सनमा सुरुवाती तीन खेलाडी विक्रि भएनन् । यसपटक खेलाडी आफैले आफ्नो मुख्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो । जसमा प्रदिप ऐरी अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले ड्र बाट टिममा भित्र्यायो । उनलाई खरिद गर्न तीन टिम विच प्रतिस्पर्धा चलेको थियो ।

यस्तै ललित भण्डारीले पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद गर्यो । ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदिपको ५० हजार रहेको थियो । यस्तै आरिफलाई महेन्द्रनगरले महंगा रकममा अनुबन्ध गर्यो । विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायो ।
बाँकि विक्रि भएका खेलाडीमा 

अविनाश बोहरा, राष्ट्रिय टिममा पहिलो पटक परेका खेलाडी २२ बर्षे खेलाडीलाइ १ लाख ७० लाखमा महेन्दनगर युनाइटेड, कुशल भुर्तेल, भैरहवाका खेलाडी दायाँ हाते ब्याट्सम्यान र बलर १ लाख ६० हजारमा बिराटनगरले किन्यो । सौरभ खनाल, १ लाख बेस प्राइस, धनगढी स्टार्सले १ लाख ६० हजारमा किनेको छ । हरीबहादुर चौहान, ९५ हजारमा धनगढीले लिएको छ । सन्दिप सुनार, ८० हजार बेस प्राइस, १ लाख १० हजारमा रूपन्देहीले किनेको छ । अमित श्रेष्ठ, बेस रकम ५० हजार, १ लाख ८० हजारमा धनगढीले किनेको छ । किशोर महतो, बेस प्राइस ७० हजार बेस प्राइस, १ लाखमा विराटनगरले किनेको छ । विक्रम भुषाल ७० हजार बेस प्राइस, १ लाख ६० हजारमा काठमाडौंले खरिद गरेको छ । भुवन कार्की, १ लाख बेस प्राइस, २ लाख १० हजारमा खरिद गरेको छ । आरिफ शेख, बेस प्राइस १ लाख, महेन्द्रनगरले २ लाख ५० हजारमा ड्र बाट टिममा लियाे । रासिद खान, १ लाख ७० हजार काठमाडौंले लिएको छ ।
अमरसिंह राउटेल, १ लाख २० हजारमा महेन्द्रनगरले किनेको छ । मो। आशिफ शेख, बेस प्राइस १ लाख रूपैया, १ लाख ८० हजारमा विराटनगरले किनेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest