एक्सपर्ट क्रिकेट महाेत्सव भाेली सिड्नीमा

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको आयोजनामा भोलि अष्ट्रेलियाको सिड्नीमा क्रिकेट फेस्टिबल हुने भएको छ ।

एक्सपर्ट क्रिकेट क्लव र नेप्लीज क्रिकेट एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा भोलिको फेस्टिबल को आयोजनामा बियामन पार्क इयरवुडमा आयोजना गरिएको हो । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मूख्य प्रायोजनामा अहिले अष्ट्रेलियामा विभिन्न सहरहरुमा फेस्टिबल आयोजना भइरहेको छ ।

यसअघि यस्तै फेस्टिबल मेलवर्नमा आयोजना गरिएको छ । त्यसका लागि एक्सपर्टले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी र पूर्व क्रिकेट खेलाडी सुवास प्रधानलाई त्यहाँ लगेको छ । यसैगरी अष्ट्रेलियामै रहेका पूर्व नेपाली खेलाडीहरुले पनि फेस्टिबलमा सहयोग गर्दै आएका छन् ।

भोलि सिड्नीमा आयोजना हुन लागेको फेस्टिबलमा एक्सपर्टले सिंग्ल ह्याण्डेड क्याच गर्नेलाई ५०० डलरको पुरस्कार पनि व्यवस्था गरेको छ । यसअघि एक्सपर्टले काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा पनि यस्तो पुरस्कारको व्यवस्था गरेको थियो । जनवरी ६ तारिखको तालिका यस प्रकार रहेको छ । विहान साढे ९ बजे देखि साढे १० बजेसम्म बालबालिकाहरुको क्रिकेट क्लिनिक ।

साढे १० बजेदेखि साढे ११ बजेसम्म युवाहरुको क्लिनिक १२ बजेदेखि ३ बजेसम्म फाइनल म्याच रहेको छ । ४ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तोकिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest