श्रीलंकाविरुद्धको तीन एकदिवसिय सिरिज न्यूजील्याण्डकाे पक्ष्यमा

श्रीलंकाविरुद्धको तीन वटा एकदिवसिय सिरिज न्यूजील्याण्डले एक खेल अगावै जितेको हो ।

शनिबार भएको दोस्रो एकदिवसिय क्रिकेटमा न्यूजिल्याण्डले श्रीलंकालाई २१ रनले पराजित गरेको हो । ३२० रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.२ ओभरमा २९८ रनमा रोकिएको थियो ।

श्रीलंकाका थिसेरा परेराले १४० रनको विस्फोटक पारि खेलेपनि जित भने दिलाउन सकेनन् । ७४ बल खेलेका परेराले १३ छक्का र ८ चौका प्रहार गरेका थिए । धनुष्का गुनथिल्काले ७१ रन बनाउँदा कुशल मेण्डिसले २० रन बनाए । कप्तान लासिथ मालिंगाले १७ रन बनाउनु बाहेक अरुकुनै पनि व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्यूजिल्याण्डका इस सोधीले ३ विकेट लिँदा मेट हेनरि र जेम्स निसामले दुई दुई विकेट लिएका थिए ।

टस जिति पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो ।

उसका लागि रस टेलरले ९०, कुलिन मुनरोले ८७, जेम्स निसमले ६४ रन बनाएका थिए । सर्वाधिक रन बनाउने न्यूजिल्याण्डका तीन जना खेलाडीनै रन आउट हुन पुगेका थिए । श्रीलंकाका लासिथ मालिंगाले ३ विकेट लिए । आजको खेलमा शतक बनाउन थिसेरा परेर म्यान अफ दी म्याच भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest