के अब समाधान हाेला क्यानकाे विवाद ?

नेपाल क्रिकेट संघ क्यानको निर्वाचित भनिएकाे कमिटीले अदालतकाे मुद्दा फिर्ताका लागि प्रक्रिया अगाडी बढाएकाे छ ।

केहि साता अगाडी बसेकाे आईसीसीकाे स्वतन्त्र कमिटिले उनीहरूलाइ निलम्बन फुकुवा हुँने विश्वास दिलाएपछि मुद्वा फिर्ता लिन अदालतमा निवेदन दर्ता गराएका छन ।

यसअघि निर्वाचित भनिएकाे क्यानका पदाधिकारी मुखले भनेर हाेइन, लिखित चाहियाे भनेर अडान लिइरहेका थिए । तर पछिल्लाे पटक बसेकाे स्वतन्त्र समितीकाे बैठकले राेडम्याप नै तयार पारेपछि उनीहरूपनि याे प्रक्रियामा अगाडी बढेका हुन ।

स्वतन्त्र समितीले पछिल्लाे बैठकमा दिएकाे म्याद अनुसार डिसेम्बर २६ मा अदालती प्रक्रिया सकाइसक्नुपर्ने बताएकाे थियाे । त्यहिपनि उनीहरूले करीव एक साता ढिलाे गरी अदालतकाे मुद्दा फिर्ताकालागि पहल गरेका छन ।

याे मुद्दा फिर्ता हुन केहि समय लाग्ने र याे मुद्दा फिर्ता भएपछि जिल्लाकाे निर्वाचन बैधानिक छ की छैन भने र प्रतिवेदन अाउनेछ । यदि समय मै मुद्दा फिर्ताकाे काम सकियाे र जिल्लाकाे प्रतिबेदन अायाे भने मा एक महिनामा क्यानकाे निलम्बन फुकुवाकाे बाटाे खुल्नेछ । फेब्रेवरीमा आईसीसीकाे बाेर्ड बैठक बस्दैछ ।

 

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest