सन्दिप बीपीएलमा डेब्यु गर्दै, अनुभवी स्पिनर ताहिर बेन्चमा

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग (बिपिएल) मा डेब्यु गर्दैछन् ।

सिलहेट सिक्सर्सको पहिलो खेल कोमिल्ला भिक्टोरियन्स बिरुद्ध सन्दिप प्लेइङ्ग ११ मा परेका छन ।

शेरे बंगला राष्ट्रिय कोमिल्लाले टस जितेपछि सन्दिपको टोलि सिलेटले पहिले ब्याटिंग गर्नेछ । अनुभवी बलर इमरान ताहिरलाइ बेन्चमा राखेर सन्दिपलाइ टिममा राखिएकाे हाे ।

अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा चार खेल खेलेर सन्दिप बंगलादेश आएका हुन् । उनले अस्ट्रेलियामा चार खेलमा आठ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest