बिपीएलमा सन्दिपलाई ब्याटिङकाे माैका, १ रन बनाए, टिमले १२८ दियाे रनकाे लक्ष्य

बंगलादेश प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम सिलेट सिक्सर्सले कोमिल्लालाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

बंगलादेशको ढाकास्थित शेरेबांग्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सिलेटले २० ओभरमा ८ विकेट गुमाउदै एक सय २७ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको उसले एक रनमा पहिलो विकेट गुमायो ।

ओपनर लिन्टन दाश मात्र एक रनमा आउट भए । त्यसपछि कप्तान डेविड वार्नर पनि १४ रनमा आउट भए । उसका अरु खेलाडीमा निकाेलस पुरनले ४१, होसिनले १९ र आलोक कपालीले समान १९–१९ रनको योगदान गरे । ब्याटिङमा आठौ खेलाडीका रुपमा क्रिजमा आएका सन्दिपले एक रनमा अविजीत रहे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest