बीपीएलमा सन्दिपले लिए २ विकेट, मलिक र इनामुल सिकार

बंगलादेश प्रिमियर लिगमा सन्दिप लामिछानेले पहिलो खेलमा नै सन्दिपले २ विकेट लिन सफल भए । उनले ४ ओभरमा १६ रन दिएर दुई विकेट लिन सफल भए ।

बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेर बंगलादेश पुगेका सन्दिपले अनुभवी खेलाडी इमरान ताहिरलाई बेन्चमा राखेर टिममा स्थान बनाएका थिए । टिमले चाहेको खण्डमा सन्दिपलाई बेन्चमा राखेर इमरान ताहिरलाई खेलाउन सक्थ्यो । तर बिगबास लिगको प्रदर्शनका आधारमा उनलाई पहिलो खेलमा नै मौका दियो । जुन सन्दिपका लागि निकै चुनौतीले भरिएको थियो ।

कारण उनी नयाँ भुमिमा नयाँ टिम र नयाँ खेलाडीसँग खेल्दै थिए । बंगलादेशको भुमीमा पहिलो पटक खेलको सन्दिपले आफुले पाएको मौकालाई पुर्ण रुपमा सदुपयोग गरे । सरप्राइज ट्यालेन्टको उपनाम पाइरहेका सन्दिपले सुरुवाती दुई ओभरमा विकेट भने लिन सकेनन् । तर आफ्नो बलिङमा भने पुर्ण रुपमा कन्ट्रोल गरे । जसका कारण उनले ५ रन खर्चिए । टिमको आठौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा एक दिए भने दोस्रो बलमा पनि मात्र एक रन खर्चिए । तेस्रो बलमा स्टिभ स्मिथले डिफेन्स गरेभने चौथो बलमा एक रन लिन सफल भए । त्यसपछि दुई बलमा एक रन दिए ।

दोस्रो ओभरमा उनले मात्र तीन रन दिए । पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा विकेटका लागि अपिल गरेका थिए । त्यसपछि तेस्रो बल उनले डट फाले । चौथो बलमा एक रन खर्चिन पुगे । त्यसपछिका दुई बलमा उनले एक रन खर्चिए । दुई ओभरसम्म विकेल लिन नसकेका उनले त्यसपछि अरु दुई ओभरमा दुई विकेट चट्काए ।

तेस्रो ओभरको सुरुवाती दुई बल वाइड गरेका थिए । त्यसपछि उनले एक रन दिएभने अर्को बल डट गरे । मलिकले खेल्न सकेनन् । अर्को बलमा मल्लिकले अगाडी बढेर खेल्न खोज्दा एलबीडब्लुको अपिल गरेका थिए । त्यसपछि उनले अर्को बलमा फेरी एक रन दिए । तर अन्तिम बलमा उनले विकेट लिन सफल भए । उनले सोयव मलिकको विकेट लिए । जसमा उनले १३ रन बनाएका थिए । साथै सन्दिपले २४ रनको साझेदारी तोडे । चौथो ओभरमा सन्दिपले इमाम उल हकलाई ५ रनमा बोल्ड गरे । तर टिम भने ४ विकेटले पराजित भयाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest