पाकिस्तान विरूद्दकाे दाेस्राे टेष्टमा दक्षिण अफ्रिका ९ विकेटले विजयी

पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको छ । पाकिस्तानले दिएको ४१ रनको लक्ष्य अफ्रिकाले मात्र १ विकेट गुमाएर पुरा गरेको हो ।

पहिलो पालिमा अफ्रिकाले ४३१ रन बनाएको थियो । जवाफमा पाकिस्तानले १ सय ७७ रनमा अलआउट भएपछि ‘फ्लो अन’मा परेकाे थियाे । जसका कारण फेरी ब्याटिङमा दाेस्राे पारीमा पनि पाकिस्तान जम्मा २९४ रनमा समेटिएपछि अफ्रिकाले ४१ रनको सामान्य लक्ष्य पाएको थियो । लगातार २ टेस्ट जितेको अफ्रिकाले सिरिज आफ्नो पक्षमा पारेको छ । अब एउटामात्र टेस्ट बाँकी छ । अफ्रिकाको जितमा डेन एल्गर २४ र फाप डु प्लेसिस ३ रनमा नट आउट रहे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest