शंकरकाे सतकमा एमएम कपमा पुलिसले इनरूवामाथि २७७ रनकाे जित

इनरुवामा जारी मनमाेहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिए टिम नेपाल पुलिस क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । पुलिसले घरेलु टिम इनरूवालाइ २ सय ७७ रनले पराजित गर्रयाे ।

पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय ७३ रन बनायको थियो । उसका लागि प्रेम तामाङले  १३७ रन बनाए । जसमा उनले १६ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै अमीत श्रेष्ठले ५३ बलमा ६९ रन, कुसल भुर्तेलले ५१ बलमा ७९ रन बनाए । यस्तै सुनिल धमलाले १४ रन, योगेन्द्र कार्की १७ रन, दिपेस श्रेष्ठले २४ रनकाे याेगदान दिए ।

बलिडमा इनरूवाका सोनु मन्डलले ५ विकेट लिए भने सरोज बस्नेत, निसान्त महत र रसिद खानले समान १/१ विकेट हात पारे ।

विशाल लक्ष्य पक्ष्याएकाे इनरुवा ३२ ओभर २ बलमा मात्र ९६ रनमा समेटियाे ।

इनरुवाका तीन खेलाडीले मात्र दाेहाेराे अंक छुन सके । जसमा सोनु अन्सारीले १७, आमिर अख्तरले १५, सोनु मन्डलले २४ रन बनाउनु बाहेक बाँकि खेलाडी एकपछि अर्काे रूपमा पेभेलियन फर्किए ।

बलिङमा पुलिसका लागि सागर ढकालले ३, ललित राजबन्शिले २, दिपेश श्रेष्ठ, रामनरेश गिरी र योगेन्द्र कार्किले समान १/१ विकेट लिए ।

प्रतियोगितामा पुलिसको यो लगातार जित हो भने आयोजक इनरुवाको पहिलो हार हाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest